काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।
सिंहदरबार स्थित रास्वपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यासलाई निरन्तरता दिँदै रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।
कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाले सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
2026-04-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार