Listen LIVE

देश र जनताको हितमा काम गर्न छाड्दैनौं : प्रधानमन्त्री

ललितपुर : प्रधानमन्त्री तथा नेकपा (एमाले्) का अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा देखिने र सुनिनेगरी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । एमालेको दोस्रो विधान महाधिवेशनको उदघाटनसत्रमा शुक्रबार सम्बोधन गर्नुहुँदै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

“नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पयाधुराका विषयमा देखिने र सुनिनेगरी हामीले भूमिका खेल्नुपर्छ, हामी सफल हुनेछौं । कसैलाई मन पर्ने नपर्ने विषयभन्दा हाम्रो यथार्थमा हामी लाग्नुपर्छ, लाग्छौं” उनले भने, “आफूलाई जान्नेसुन्ने भन्ने तर देश र जनताको पक्षमा चुइँक्क नबोल्नेहरुसँग हामी सजग रहनुपर्छ । राष्ट्रिय हितको पक्षमा भूमिका खेल्न हामी छाड्दैनौं ।”

विगतको राम्रो पक्षको संरक्षण गर्ने र बाँकी राम्रा काम गर्नमा सरकार सक्रिय रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भने, “पार्टीलाई एकतावद्ध भएर देश र जनताको पक्षमा काम गर्न म आव्हान गर्दछुँ । आउने २०८४ मा हुने निर्वाचनमा एमालेलाई बहुमतसहितको ठुलो पार्टी बनाउनुपर्छ । जनताले त्यसमा सहयोग गर्नुहुनेछ ।”

“हामीले राष्ट्रको पक्षमा बोल्दा र काम गर्दा विरोधीहरुको छात्ती भटभट पोल्दो रै’छ, अनि घटघट पानी खान थाल्छन्, उहाँहरुलाई जति छटपटी भए पनि हामी देश र जनताको पक्षमा काम गर्न छाड्दैनौं” उनले थपे, “अहिलेको सरकार विल्कुल सजग छ । देशको पक्षमा हामीले काम गर्दैछौं, विपक्षमा काम गर्दैनौं । हाम्रो अभियानमा जनताको साथ छ ।”

प्रतिक्रिया