काठमाण्डौ : भारतका लागि इजरायलका नवनियुक्त राजदूत रेउभेन अजरले इजरायलबाट चाँडै नै ‘भारतको लागि राम्रो समाचार आउने बताएका छन्।
इजरायलको एक कम्पनीले भारतमा सेमिकण्डक्टर उत्पादनको लागि अबौँ अमेरिकी डलर लगानी गर्ने भएको छ। तर, लगानीको बारेमा आधिकारिक पुष्टि हुन बाँकी छ।
सेमीकण्डक्टर उत्पादनमा लगानीको लागि अनुकूल वातावरण सिर्जना गर्न भारतले आफ्नो फराकिलो महत्वाकांक्षाको रूपमा यस क्षेत्रमा विश्वव्यापी रुपमा सेमिकण्डक्टर उत्पादन गर्ने एक प्रमुख खेलाडीको रुपमा रहने गरी काम गरिरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सेमिकण्डक्टरको हब बन्ने बाटोमा रहेको विश्वास व्यक्त गरेका छन्। यस लक्ष्यको लागि भारतले सेमीकण्डक्टर उत्पादनका विभिन्न पक्षहरूमा संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया र जर्मनीलगायत धेरै देशहरूसँग सक्रिय रूपमा साझेदारी खोजिरहेको छ।
उत्तर प्रदेश, महाराष्ट्र र ओडिशा जस्ता भारतीय राज्यले विश्वव्यापी रुपमा सेमीकण्डक्टर उत्पादन गर्ने र आवश्यक पर्ने कम्पनीहरूलाई आकर्षित गर्न खोजिरहेका छन्।
सम्भावित सेमीकण्डक्टर उत्पादनमा लगानी गरी इजरायलले भारतसँग पूर्वाधार क्षेत्रमा सहयोग सुदृढ गर्न खोजिरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार