Listen LIVE

आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालय बुटवलका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जनाएका छन्। उनले एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री बन्ने तयारी गरेको भए पनि अन्तिममा पार्टीको केन्द्रीय निर्देशनअनुसार आचार्य मुख्यमन्त्री बनेका हुन्।

दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुख कार्यालय बुटवलका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जनाएका छन्। 

उनले एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित  मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। 

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री बन्ने तयारी गरेको भए पनि अन्तिममा पार्टीको केन्द्रीय निर्देशनअनुसार आचार्य मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया