नेपालगञ्ज : देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्जमा प्रतिबन्ध नलगाउँदा जताततै खुलारुपमा कृत्रिम फूल मालाको कारोबार भइरहेको छ।
भारतीय फूललाई विस्थापित गर्ने उद्देश्यले बाँकेमा सयपत्री फूलको ठुलो मात्रामा खेती गरिए पनि भारतबाट ल्याइएका कृत्रिम फूल मालाको कारोबार खुलारुपमा भइरहेकोले सयपत्रीको बिक्रीसमेत प्रभावित भएको छ।
भारतीय सीमानासँग गाँसिएको नेपालगञ्जका धेरै ठाउँमा अहिले कृत्रिम फूल माला बिक्रीका लागि राखिएका छन्।
प्लास्टिकको माला देखिँदा आकर्षक भए पनि यस्ता माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने ज्ञान धेरैलाई नभएकै कारणले पनि त्यस्ता मालाको बिक्री भइरहेको नेपालगञ्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए।
उनले यस पटक जिल्लामा सयपत्री फूलको उत्पादन उल्लेख्य मात्रामा भएकोले प्लास्टिकको माला प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरे।
उता, फूलखेतीमा लागेका स्थानीय व्यवसायीले भारतीय फूल र प्लास्टिकको मालाका कारण सयपत्री फूलको बिक्री प्रभावित हुँदै आएको जनाएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार