नेपालगञ्ज : नाट्टा बाँके च्याप्टरको आयोजनामा पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने टुर अपरेटर्स क्यापासिटी बिल्डिङ तालिम शुक्रबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना कुमारी बोहरा सिद्धिकीको प्रमुख अतिथिको रुपमा उपस्थिति थियो ।
कार्यक्रममा नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरी, होमस्टे महासंघ लुम्बिनी प्रदेशका सचिव बाबुराम चौधरी, नाट्टा बाँकेका प्रेस सल्लाहकार झलक गैरे लगायतको उपस्थिति रहेको थियो ।
बाँके, दाङ र बाजुराका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको तालिमको उद्घाटन सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गमलामा पानी हालेर गरेको नाट्टा बाँकेका महासचिव भागिराम ओलीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहरा सिद्धिकीले नेपालगन्जलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारका तर्फबाट आवश्यकता अनुसार बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
अन्य वक्ताहरूले पनि तालिम सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार