नेपालगञ्ज : छाडा छोडिएका पशु चौपायाले किसानका बालीनाली नष्ट गर्ने, सडक दुर्घटनाको जोखिम बढाउने समस्या बढेपछि केही वर्षयता बाँकेका स्थानीय तहहरूले गौशाला निर्माण गरेर गाई संरक्षणको प्रयास थालेका छन् । तर गौशालाहरू भरिँदै जाँदा नयाँ सङ्कट देखापरेको व्यवस्थापकहरूले बताएका छन् ।
बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालित आठ वटा गौशालामा हाल दुई हजार ६५१ भन्दा बढी गाई आश्रित रहेको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा धेरै गाई राप्ती सोनारी गाउँपालिका–२ स्थित मङ्गल राधिका षदानन्द धामको करिब नौ सय गाई राख्ने क्षमताको गौशालामा अहिले एक हजार १०० को हाराहारी गाई रहेका छन् ।
गौशालाका गाई सेवक तथा महन्त प्रीतम दासका अनुसार यहाँ रहेका अधिकांश गाईहरु बाँकेका विभिन्न क्षेत्रका सडकबाट उद्धार गरिएका हुन् । …राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले सङ्कलन गरेका गाई यहीँ ल्याएर राख्ने गरिएको छ । सम्भवतः नेपालकै सबैभन्दा ठूलो गौशाला यही हो,Ú दासले बताए ।
तर गाईको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापन कठिन बन्दै गएको उनी बताउँछन् । 'स्थानीय सरकारले वर्षमा दुई–चार लाख रुपैयाँ सहयोग गर्दा धेरै सहयोग गरेजस्तो देखिएला, तर गौशाला चलाउन त्यो रकम हात्तीको मुखमा जिराजस्तै हो,' महन्त दास भन्छन्, 'गाईको आहारा र कर्मचारीको पारिश्रमिकमै दैनिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ ।'
उनका अनुसार गौशालामा अहिले ४० जना कर्मचारी छन् । तीमध्ये १५ जना नियमित र २५ जना दैनिक ज्यालादारीमा कार्यरत छन् । करिब १७४ हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा पर्याप्त खुला जमिन भए पनि गाई राख्ने टहरा र जनशक्तिको अभाव छ । 'यहाँ ठाउँको कमी छैन, तर थप टहरा र कर्मचारी आवश्यक छ,Ú'उनी भन्छन् ।
गौशालाभित्र करिब १० बिघा जमिनमा घाँस खेती गरिएको छ । सुत्केरी र बिरामी गाईलाई हरियो घाँस तथा अन्य गाईलाई पराल, भुस, पिना लगायत दाना मिसाएर आहारा खुवाइन्छ । 'गाउँगाउँमा पराल खोज्न जाँदा सजिलै पाइँदैन,' दास भन्छन्, 'गाईको मल दिन्छौँ, पराल दिनुहोस् भन्दा पनि धेरैले मान्दैनन् ।' दैनिक पाँच ट्रली पराल आवश्यक पर्ने भए पनि ढुवानीका लागि हाल तीन वटा मात्रै ट्र्याक्टर उपलब्ध छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार