नेपालगञ्ज : नेपालगञ्जमा फोहोर ब्यवस्थापन तथा जैविक मल उत्पादन सम्बन्धि तालिम शुरु भएको छ । दलित महिला संघ (फेडो) बाँकेको आयोजना एवम् डिभिजन वन कार्यालय बाँकेको सहयोगमा बुधबारदेखि पाँच दिने तालिम शुरु भएको हो । तालिमको जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले उदघाटन गरेका थिए ।
फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्दै जैविक मल उत्पादन सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने उद्देश्यले तालिम आयोजन गरिएको फेडोकी अध्यक्ष निर्मला सुनारले बताइन् । नेपालगञ्जमा बसेर जैबिक मल उत्पादन गरिरहेका रवि हमालले तालिममा सहजीकरण गरिरहेका छन् ।
2025-06-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार