Listen LIVE

विद्यालयमा दराजले च्यापिएर चार वर्षीया बालिकाको मृत्यु

बर्दिया : विद्यालयमा दराजले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । बर्दिया गुलरिया सिकोहियाकी चार वर्षीया रिद्धि तमौलीको टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको हो ।

मृतक बालिका श्री जानकी माध्यमिक विद्यालयमा बालविकास कक्षामा अध्ययनरत थिइन् । विद्यालयको कक्षाकोठाभित्र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताए ।

उनले भने, 'घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।'

बालविकास कक्षाकी बालिकालाई कक्षा २ मा राखिएको दराजले च्याप्दा टाउकोमा चोट लागेको मृतकका बुवा रामनिरञ्जन तमौलीले बताए । 'दुःख गरेर हुर्काएर विद्यालयको जिम्मा लगाएको छोरीलाई विद्यालयको चरम लापरबाहीले गुमाउनुप¥यो,' उनले भने, 'घटना शंकास्पद छ । कक्षाकोठाभित्र राखिएको दराज छोरीमाथि कसरी खस्यो ?' उनले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे ।

प्रतिक्रिया