नेपालगञ्ज : झण्डै १ महिनादेखि खडेरीको कहर सहँदै आएको बाँके र बर्दियामा आज भने भारी वर्षा भएको छ । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टाको भारी वर्षाले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् ।
यता ३ घण्टाको भारी वर्षाले नेपालगञ्जको अधिकांश स्थान डुबानमा परेका छन् । नेपालगञ्ज उपमहानगरको सेतुबिक चोक, घरबारीटोललगायतको क्षेत्रमा डुबान भएपछि घर र पसलहरुमा भेल पसेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
पछिल्लो ३ घण्टामा बर्दिया जिल्लाको गुलरिया, रम्भापुर र बाँके जिल्लाको खजुरा, नेपालगञ्ज लगायतको क्षेत्रमा भारी बर्षा मापन भएको बर्षामापन केन्द्रले जनाएको छ । केन्द्रले १ घण्टाको अवधिमा बाँकेको खजुरा क्षेत्रमा मात्र १५७ मिलिमिटर पानी परेको जनाएको छ ।
सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, नदीहरुको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरू साँझसम्मै उच्च सतर्कता अपनाउन मापन केन्द्रले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार