काठमाडौं । हङकङमा जारी
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै
फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै
फाइनलमा पुगेको छ ।
जितको लागि १९९ रनको लक्ष्य
पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी
हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे
बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२
रन खर्चेर ४ विकेट लिए। प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन
झा र आकाश चन्दले एक/एक विकेट लिए।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे। ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए। यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए। सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए। टी-२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो।
नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे। पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो। पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ। जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार