बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाले गाई भैसीको पोषण सुधारका लागि पोषण प्रोत्साहन अनुदान दिन शुरु गरेको छ । बिमा गरेका पशुहरू व्याएमा मासिक दुई हजार पोषण सुधार अनुदान दिन शुरु गरेको हो ।
नगरपालिकाले गाई भैसी व्याएको १५ दिनभित्र वडाको सिफारिससहित निवेदन दिएका कृषकहरूले सो अनुदान पाउने गरेका छन् । चालु आर्थिक बर्षमा पहिलो पटक ६ सय २५ वटा गाई भैसी पालक किसानलाई १२ लाख ५० हजार रुपैयाँ अनुदान दिइएको छ ।
बिमा गरेका गाई भैसी पालक कृषकलाई पोषण प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत अनुदान दिने गरेको बाँसगढी नगरपालिकाका पशुस्वास्थ्य अधिकृत घनश्याम तिवारीले बताए । उनले सुत्केरी गाई भैसी र बाच्छा बाच्छीको स्वास्थ्यमा सुधार हुनुका साथै कृषकलाई पनि सहज भएको बताए ।
प्रोत्साहन अनुदान पाएका किसानलाई गाईभैसीको पोषण सुधारको लागि सहज भएको बाँसगढी नगरपालिका –४ मटेरियाका रामु थारूले बताए । उनले पशुपालन गर्ने किसानलाई अनुदानले सहयोग गरेको बताए ।
बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काका अनुसार किसानलाई गाईभैसी स्याहार्नमा सहयोग पुगोस् भनेर अनुदान सहयोग गरिएको छ । पशुपालनमा जोखिम कम गर्न पशु बिमा गराउन किसानलाई प्रोत्साहन भएको पनि उनको भनाइ छ ।
सरकारले पशु बिमा गर्दा ८० प्रतिशत रकम अनुदान दिने गरेको छ । २० प्रतिशतमध्ये १७.५ प्रतिशत रकम बाँसगढी नगरपालिकाले बेहोर्ने गरेको छ । २.५ प्रतिशत रकम कृषकले बेहोर्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार