Listen LIVE

बाँकेको डुडुवा ६ मा महिलाका लागि सिलाई कटाई तालिम

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटना गाउँमा महिलाहरुका लागि सिलाई कटाई तालिम शुरु भएको छ । विश्व हिन्दु परिषद् नेपालद्वारा ६ महिने सिलाई कटाई तालिम शुरु भएको हो ।

विश्व हिन्दु परिषद् नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वावलम्बन योजनाअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको कार्यक्रमकी प्रमुख अतिथि कृष्णादेवी पाण्डेले बताइन् ।

उक्त तालिममा स्थानीय ३० जना महिलाहरु सहभागी रहेको उनले जानकारी दिइन् । साथै पाण्डेले आवश्यकताअनुसार सिक्ने महिलाहरुको संख्या थप गर्न सकिने बताइन् । सिलाई कटाईको प्रशिक्षकमा एकल विद्यालयकी पूर्व शिक्षिका स्थानीय सरिता देवी मिश्रालाई नियुक्त गरिएको पाण्डेले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि एवं विश्व हिन्दु परिषद् नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डे, विशिष्ट अतिथि धनुषधारी पाण्डे, विश्व हिन्दु परिषद् नेपाल कर्णाली लुम्बिनी सम्भाग सचिव कृष्णमुरारी प्रसाद भट्ट, विश्व हिन्दु परिषद् नेपाल कर्णाली प्रदेश उपाध्यक्ष रामशंकर द्विवेदी, विश्व हिन्दु परिषद् नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल, विश्व हिन्दु परिषद् नेपाल बाँकेकी कोषाध्यक्ष राजकुमारी मौर्या, विश्व हिन्दु परिषद् नेपाल डुडुवा गाउँपालिका मातृशक्ति विभाग संयोजक एवं विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया