नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक स्थानमा झै–झगडा गरी शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.को गेट अगाडि सडकमा सार्वजनिक शान्तिमा खलल पुग्ने, सर्वसाधारणमा डर, त्रास तथा आतंक फैलाउने गरी झै–झगडा गर्ने ११ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय बाँकेबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले गत पाँच दिनमा १६ जना फरार अपराधीहरूलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, फैसला कार्यान्वयनका क्रममा १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ फरार प्रतिवादीहरूबाट ७ बर्ष १ महिना २४ दिन कैद भुक्तान बाँकी रहेको र ६ लाख ७ हजार ८ सय ७६ रूपैयाँ जरिवाना भुक्तान बाँकी रहेको जानकारी दिएको छ ।
बाँके प्रहरीले प्रहरीमा मुद्दा रही फरार तथा अदालतबाट सजाय तोकिएका फरारको खोजी गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार