Listen LIVE

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ जङ्गलसिंहपुरुवा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याइँदै गरिएका तीन हजार बोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार २०८३ असार १४ गते बिहान करिब २ः४५ बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा चल्ला ओसारपसार भइरहेको सूचना पाएपछि निगरानी गरेको थियो। प्रहरी टोलीलाई देख्नासाथ चल्ला ल्याइरहेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।

बरामद गरिएका तीन हजार बोइलर चल्लाको अनुमानित मूल्य ७५ हजार रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका चल्ला आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हिरमिनियामा बुझाइएको छ।

प्रतिक्रिया