Listen LIVE

देशभर ६७.३ प्रतिशत रोपाईं

नेपालगञ्ज : हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशीमा ६१.७, मधेसमा ६१.५, बागमतीमा ६९.२, गण्डकीमा ७५, लुम्बिनीमा ६६.७, कर्णालीमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।

प्रतिक्रिया