यदुराज मिश्र/नेपालगञ्ज : उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि शुरु भएको छ । सामान्यतयः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको घटबढले एक दिन बढेर ६ दिन भएको हो ।
अवधीभाषीको बोलीमा ‘दिवाली’ भनिने यो पर्व आज ‘धनतेरस’बाट शुरु भएर आउने बिहीबार ‘भैयादुज’ अर्थात् च्युरा भुर्की पूजा गरेसँगै सम्पन्न हुने छ ।
नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको हुँदा यसलाई ‘यमपञ्चक’ भनिँदै आइएको छ । यसपालि बितेको शारदीय नवरात्र जस्तै यमपञ्चक एक दिन बढेको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म बाँकेलगायत तराई क्षेत्रमा दीपावली भनिने ‘यमपञ्चक’ यसपालि तिथिको घटबढले ६ दिन भएको हो ।
यमपञ्चकको पहिलो दिन धनतेरस कात्तिक कृष्ण त्रयोदशीको गोधुली साँझपछिको रात्रिभोगको समयमा मनाउने चलन रहेको छ । यसैले आज अपराह्न १ः२३ बजेपछि त्रयोदशी शुरु भई आइतबार दिउँसो १ः५६ बजेसम्म रहने नेपाल पञ्चाङ निर्णायक विकास समितिले उल्लेख गरेको छ ।
“त्रयोदशीको साँझ र रात एकैदिन परेको हुँदा धनतेरस आजै मनाइन्छ”, समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.ड.देवमणि भट्टराई भन्छन, “तर त्रयोदशी तिथिमै गरिने दीपावली पर्वको कागपूजा भने आइतबार मध्याह्नसम्म गरिनुपर्छ ।” धनतेरस सन्ध्याकालसँगै रात्रिमा र कागपूजा दिनमा मनाउने चलनले यस्तो भएको उनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार