काठमाण्डौ : एसीसी महिला प्रिमियर कपमा नेपालले कतारलाई ८ विकेटले हराएको छ।
समूह डीमा रहेको नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको हो। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६ दशलमव ५ ओभरमा ७६ रन बनाउँदै अल आउट भएको थियो।
कतारले दिएको ७७ रनको विजय लक्ष्य पछाएको नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो।
नेपालको जितमा ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३० बलमा ४ चौका प्रहार गरिन्। दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरे।
पूजा महतो २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रनमा अविजित रहिन्।
कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्। पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी गरेका थिए।
सुरुवात मध्यम भएपनि त्यसपछि भने कतारले लय समाउन सकेन। कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरूप कतार ७६ रनमा रोकिएको थियो।
नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले १–१ विकेट लिए। नेपालले दोस्रो खेल भुटानसँग खेल्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार