Listen LIVE

यस्तो छ कालीमाटीमा आज तरकारीको भाउ

काठमाण्डौ : कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार धेरैजसो तरकारीको भाउ बढेको छ । लौका र भिण्डीको भाउ भने केही दिनदेखि नै प्रतिकिलो ४० रुपैयाँमा स्थिर छ । कालीमाटी बजारमा यी दुई तरकारी अहिलेको सस्तो तरकारी हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार लाम्चो भन्टा प्रतिकिलो ५०, डल्लो भन्टा ६०, तिते करेला ६०, परवर ६० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

तने बोडी ८०, घिउ सिमी ७०, टाटे सिमी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ८० रुपैयाँमा कारोबार भएको छ भने सानो गोलभेँडा २५ रुपैयाँ प्रतिकिलो छ । गाजर १००, स्थानीय काउली ९० रुपैयाँमा कारोबार भएको छ ।

न्यूरो ९०, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ३०० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७०, प्याज ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

प्रतिक्रिया