Listen LIVE

बर्दियामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बर्दिया : बर्दियाको राजापुर नगरपालिका–५ पहाडीपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीवार राति करिब १०ः१५ बजे बालाबजारबाट राजापुरतर्फ जाँदै गरेको भे २ प ९३४३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राजापुर नगरपालिका–८ कोहली निवासी २५ वर्षीय अजय थारु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि संजीवनी कलेज नेपालगञ्ज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया