Listen LIVE

विश्व च्याम्पियन बनेका गुप्ता र बाडियालाई गृहजिल्ला बाँकेमा स्वागत

नेपालगञ्ज : काजकस्थानमा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक प्राप्त गरेका थिए भने मोहित गुप्ताले १ सिल्बर र १ ब्रोंज प्राप्त गरी विजय भएका थिए । 

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले सोमबार एक कार्यक्रमकाबीच स्वर्ण पदक प्राप्त गरेका खेलाडीहरू केदारेश्वर मान, मोहित गुप्ता, सानु कान्छा लामा, अमर लामा, अमृता खडका शेर्पा र करण बाडियालाई राजदूत शङ्कर प्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापा, महासेनानी प्रकाश लामिछाने, वरिष्ठ प्रहरी उपरिक्षक उमा चतुर्वेदी लगायतले सम्मान गरेको थियो । 

प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको पद विजेता मोहित गुप्ताले बताए । पदक जितेर गृह जिल्ला बाँके फर्किएपछि नेपालगञ्जबासीले नेपालगञ्ज जमुनाहा सीमा नाकामा सम्मान गरेका थिए ।

नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पङ्क्तिमा राख्न सफल भएपनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएको मोहित गुप्ताले बताए । उनले भने, “आशा गरौँ अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अंकित झण्डा फहराउने हामी खेलाडीहरूलाई नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्ने छ ।”

प्रतिक्रिया