Listen LIVE

नेपालगञ्जमा १०८ फिट अग्लो हनुमान मूर्ति बन्दै

नेपालगञ्ज : नेपालगञ्जमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न नयाँ अध्याय शुरु भएको छ । देशकै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, जसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको छ । फाउन्डेशन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ हनुमानगढीमा मूर्ति निर्माण भइरहेको छ । सिभिल इन्जिनियर सुरज शर्माले मूर्ति निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते जम्बुदीप कन्स्ट्रक्सनसंग सम्झौता भएको बताए । सुरुवातको अवधि २०८१ चैत २ गतेसम्म रहेकोमा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ । इन्जिनियर शर्माले १४ करोड ४ लाख ६३ हजार रुपैयाँमा सम्झौता भएको बताए । 

नेपालगञ्जको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसंग जोडिएकोमा अब यसमा नयाँ आयाम थपिँदैछ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यहाँ हनुमानको मूर्ति बनाउन थालिएको हो । मूर्ति निर्माणमा लागिपर्नुभएका कालिगढ दिलबिर सुनार सेन्चुरीले ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने सेन्चुरीको भनाई छ । 

भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासंग नेपालगन्जलाई …टाइअपÚ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताए । यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उनले अयोध्यासंगको आध्यात्मिक कनेक्सनÚ मा यो मूर्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरे ।

स्थानीय ललित रौनियार र प्रदिप सापकोटालाई पनि १०८ फिट अग्लो हनुमान मूर्तिले नेपालगञ्जको धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास छ ।

प्रतिक्रिया