Listen LIVE

कोहलपुरमा एकल खुल्ला लोकगीत प्रतियोगिता हुने

नेपालगञ्ज : बाँकेको कोहलपुरमा पहिलो पटक एकल खुल्ला लोकगीत प्रतियोगिता आयोजना हुने भएको छ । यही जेठ १५ गते कोहलपुर खुल्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

स्थानीय कला, संस्कृति तथा लोक संगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विभिन्न जिल्लाका लोकगायक तथा प्रतिभाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ४० हजार, द्वितीय हुनेले रु. ३० हजार तथा तृतीय हुनेले रु. २० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सान्त्वना स्थान हासिल गर्ने दुई जना प्रतियोगीलाई जनही रु. ५/५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

लोक संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढाउँदै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकार तथा दर्शकलाई समयमै उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया