नेपालगञ्ज : सूर्यको उपासना गर्दै मनाइने छठ पर्वकौ रौनक नेपालगञ्जमा पनि छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई ’छठीघाट’ का रुपमा झकिझकाउ बनाइएको छ ।
हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको हो । छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । तलाउ क्षेत्रमा टेण्ट सजावट, विजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाई लगायतको काम गरिएको छ ।
आज छठ पर्वको मुख्य दिन रहेको छ । आज साँझ छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र भोलि मंगलबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको छ ।
चार दिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन हुने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार