नेपालगञ्ज : बाँकेको दुई ठुला निजी अस्पतालले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि, अस्पताल नेपालगञ्जले र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सो सहयोग गरेका हुन् ।
दुबै अस्पतालले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएका छन् । देशमा आएको यस संकटको घडीमा सरकारलाई सानो सहयोग गर्ने उद्देश्यले बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरिएको सन्जिवीनी अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले बताए । उनले यस सहयोगबाट केही पीडितको पीडामा मल्हम लाग्ने बिश्वास व्यक्त गरे ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको अस्पतालले जनाएको छ । लर्डबुद्ध एजुकेशनल एकेडेमीद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बाढीपीडितको राहात र पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको अस्पतालले जनाएको छ । सो अस्पतालले पनि उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार