Listen LIVE

हावाहुरीसँगै आएको पानीले पाकीसकेको अन्नबालीमा ठूलो क्षति

यदुराज मिश्र/नेपालगञ्ज : गत बुधवार राती हावाहुरीसँगै आएको पानीले बाँकेमा भित्र्याउने बेलामा गहुँ, जौ, मसुरोलगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुर्याएको छ । बाँकेको सबै स्थानीय तहमा कृषिजन्य बालीमा क्षति पुर्याएको हो ।

सबैभन्दा धेरै असर पाकी सकेको गहुँ, जौ, तरकारीमा परेको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले बताए । यद्यपि क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

बाली पाकेर घर भित्र्याउने समयमै पानी परेपछि कृषकहरू चिन्तित बनेका छन् । डुडुवा गाउँपालिका वडा नं. ६ का किसान जयपाल मौर्यले भने, “अब के खाने? छोराछोरीलाई कसरी पाल्ने ? ‘पानीले कृषिबालीमा पुर्याएको क्षतिको असरले किसानहरू भोकमरीको चिन्तामा परेका छन् । 

बेमौसमी वर्षातले पाकीसकेको गँहु, मसुरोलगायतका अन्नबालीमा ठुलो क्षति पुर्याएको डुडुवा गाउँपालिका वडा नं. ६ वडाध्यक्ष मोहनराम मिश्रले बताए । उनले भने,‘डुडुवा ६ मा गरिएको काँक्रा, भिण्डीलगायतका तरकारी बालीमा समेत क्षति पुगेको छ ।’

प्रतिक्रिया