काठमाण्डौ : भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई नेपाल आउने भएका छन् । प्रधानन्यायधीश भएपछि पहिलो पटक गवई बिहीबार नेपाल उत्रँदै छन् । उनी नेपालमा हुने ’नेपाल–इन्डिया जुडिसियल डाइलग’मा सहभागी हुन र भ्रमणका लागि आउन लागेका हुन् ।
गवईको लुम्बिनी, पाटन र पशुपति भ्रमण गर्ने तालिका छ । यसअघि नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका तत्कालीन प्रधानन्यायाधीश डीवाई चन्द्रचूड पनि नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।
पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक थियो ।
2025-09-03