Listen LIVE

जुवा खालबाट नगदसहित ९ जना पक्राउ

बर्दिया : जुवातास खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति साढे १२ बजे ठाकुरबाबा नगरपालिका–४ खैलारस्थित टोपबहादुर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित नौ जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ । नगदसहित नौ जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँमा राखिएको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया