काठमाण्डौ : दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले विजय सुरुवात गरेका छन्। यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ।
वर्षाका कारण गोदावरी १० स्थीत गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको एउटा खेल च्यासल मैदानमा खेलाइएको थियो।
विहानको सो खेलमा ललितपुर महानगरपालिकाले बाग्मती गाउँपालिकालाई ७–३ गोल अन्तरले हराएको छ। कमजोर डिफेन्सको फाइदा उठाउँदै दुवै टिमले स्कोर गरेका थिए।
ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले २–२ गोल गर्दा सनि व्यञ्नकार, विशाल बानियाँ र नवीन कर्माचार्यले थप एक–एक गोल गरे।
यो खेलसँगै समूह ‘ए’ बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले ३–३ अंक बटुलेका छन् भने बागमती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले कुनै अंक जोडेका छैनन्।
सोमबारै एन्फा कम्पेल्स सम्पन्न अर्को खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० ले निराश पारिदिएको छ। डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले २ गोल गर्दा अखिलेश कार्की , सरोज तामाङ र विराज मर्हजनले १–१ गोल गरे।
गोदावरी बहुउद्देश्यीय रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको थियो।
अब काठमाडौं र चाँगुनारायणले मध्यपुर थिमीसँग खेल्न बाँकी छ।
गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले हराएको छ।
दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक पूरा गरे। यस्तै थप २ गोलमा एक गोल आत्मघाती उपहार र अर्को नवीन कर्माचार्यले गरे। अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ।
आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी पुरस्कार प्रदान गरिनेछ।
अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार