काठमाण्डौ : त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत शनिबार नेपालले क्यानडाको सामना गर्दैछ ।
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज आजदेखि खेल्न लागेका हुन्।
यो सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा बिहीबार क्यानडा र ओमानबीच खेल हुनेछ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली क्यानडा पठाएको छ । यसअघि यो टोलीले क्यानडा र ओमानसँग आईसीसी लिग टू अन्तर्गत एक दिवसीय क्रिकेट खेलेको थियो ।
2024-09-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार