Listen LIVE

सुनको मूल्य अकाशियो, तोलाकै डेढ लाखभन्दा बढी

काठमाण्डौ : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु. एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ ।  

आज प्रतितोला चाँदी रु. एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ ।

प्रतिक्रिया