गुल्मी : गुल्मी जिल्लामा बेमौसमी तरकारी उत्पादनतर्फ किसानहरूको आकर्षण बढेसँगै काँक्राको उत्पादन उल्लेखनीय रूपमा बढेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–६ सिमाहघामा कृषक प्रेम नेपालीले बेमौसमी काक्रा उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका छन् । पछिल्लो समय गुल्मी जिल्लामा बेमौसमी तरकारी उत्पादनतर्फ कृषकहरूको आकर्षण बढ्दै गएको छ । विशेषगरी रेसुङ्गा नगरपालिका–६ सिमाहघाटमा प्रेम नेपालीले बेमौसमी काँक्राको व्यावसायिक उत्पादनलाई प्राथमिकता दिँदै आएका छन् ।
आधुनिक प्रविधि, (प्लास्टिक टनेल), मलजलको व्यवस्थापन र तालिमसहितको खेती प्रणालीले काँक्राको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । मौसम अनुकूल नभए पनि सिँचाइ लगायतका कारणले काँक्राको उत्पादन सहजै गर्न सकिएको छ । प्लास्टिक टनेल प्रविधिबाट बर्खा, जाडो र गर्मी तीनै मौसममा उत्पादन गर्न सकिने भएकाले किसानहरूमा आत्मविश्वास बढेको छ ।
जिल्लामा काँक्रो उत्पादन तर्फ आकर्षण बढ्दै गएको छ । जसले गर्दा जिल्लाबाट अनेत्र समेत निर्यात हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ६० हेक्टर क्षेत्रफलमा बेमौसमी रुपमा काँक्रो उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालले बताए ।
प्रेम नेपालीले उत्पादन गरेका काँक्राहरू स्थानीयस्तरमा तम्घास र धुर्कोटमा खपत हुँदै आएको छ । बजारमा बेमौसमी काँक्राको माग उच्च रहेको हुँदा किसानहरूले उचित मूल्य पाउन सफल भएका छन् । यसरी गुल्मीको सिमाहघाटमा बेमौसमी काँक्राको व्यावसायिक उत्पादनले किसानहरूलाई आत्मनिर्भर बनाउँदै लगेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार