नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारी टोलमा प्रहरीले अबैधरूपमा भन्सार छलि गरी ल्याइएका लत्ताकपडाहरु बरामद गरेको छ।
कुर्ता सुरुवाल ३४ थान, धोति १२ थान र वच्चाले लगाउने अन्डर ट्राउजर ३३६ पिस फेला परेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा इन्चार्ज अरुण बमले बताए। उक्त सामानहरूको कुल अनुमानित मूल्य करिब ९४ हजार रुपैयाँ बराबर रहेको छ।
फेला परेका सबै लत्ताकपडाहरू आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी इन्चार्ज बमले जानकारी दिए। प्रहरीले भन्सार छलि गरी ल्याइने अबैध सामानहरू नियन्त्रणमा लिन निरन्तर निगरानी बढाएको जनाएको छ।
2025-10-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार