Listen LIVE

खजुराको पुल्चोकबाट लागुऔषधसहित दुई जना पक्राउ

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–२ स्थित पुल्चोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रिमझिम चोक निवासी सुनिल बुढाथोकी र …सीÚ गाउँ निवासी दिपेश सुनार रहेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा राधापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको साथबाट ठुलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । राधापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक -असई) गोपाल सुनारका अनुसार स्थानीयबाट प्राप्त सूचनाको आधारमा निगरानी बढाई अपरेशन सञ्चालन गरिएको थियो ।

स्थानीयको सहयोगले दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिन सफल भएको उनले बताए । पक्राउ परेका सुनिल बुढाथोकी र दिपेश सुनारलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनौली, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध कडा निगरानी प्रहरीले गरिरहेको बताएको छ ।

लागुऔषध सम्बन्धी कुनै पनि सूचना वा शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया