काठमाण्डौ : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग पराजित भएको छ।
ओल्ड ट्राफोर्डमा सन् १९७२ पछि दोस्रो पटक मात्र हराउने क्रममा न्युक्यासलले युनाइटेडविरुद्ध २–० को जित हात पा¥यो।
घरेलु मैदानमा ६० वर्षपछि सबै प्रतियोगितामा लगातार तेस्रोपटक पराजित युनाइटेडले वर्ष २०२४ को अन्त्य हारसहित ग¥यो।
सन् १९६२–६३ सिजदेखि म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लगातार तीन खेलमा हार बेहोरेको थिएन। अलेक्ज्याण्डर इसाक र जोएलिन्टनले गोल गरेपछि युनाइटेड स्तब्ध बन्न पुग्यो। न्युक्यासलले प्रिमियर लिगमा पछिल्ला चार खेल जितेको छ।
खेलको चौथो मिनेटमै इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए। न्युक्यासलका लागि १२ गोल गरेका इसाकले पछिल्ला ६ खेलमा ८ गोल गरिसकेका छन्।
उनले गोल गरेका ६ खेलमा न्युक्यासल विजयी भएको छ। १९औँ मिनेटमा जोएलिन्टनले गोल गरेपछि भ्रमण टोलीले अग्रता दोब्बर पा¥यो।
युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले ३३औँ मिनेटमा कोबी माइनुलाई फरवार्ड जोशुआ जिर्कजीको स्थानमा मैदान प्रवेश गराए।
त्यसबाहेक गोल फर्काउन थुप्रै प्रयास गरेका अमोरिमले सफलता भने हात पार्न सकेनन्।
जितसँगै लिगको पाँचौँ स्थानमा उक्लिएको न्युक्यासलले १९ खेलमा ९ जितसहित ३२ अंक जोडेको छ र समान खेलमा २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार