दैलेख : नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिकसँगै कृषि पेसामा रमाइरहेका छन् । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आनुभएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाएका छन् ।
उनले जिल्लामा राजनीतिक सँगसँगै कृषि पेसामा अब्बल कृषकको पहिचान बनाएका छन् । उनले वार्षिकरुपमा १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
दुई दशकदेखि तरकारी खेतीमा संलग्न वडाध्यक्ष थापा बिहान ४ बजेदेखि आफ्नो तरकारीबारीमै व्यस्त हुन्छन् । जिल्लामा व्यावसायिकरूपमा कृषि व्यवसाय गरेर उदाहरणिय काम गर्नुभएका थापा ठीक १० बजे वडा कार्यालय पुग्छन् । जनताको सेवामा सक्रिय वडा अध्यक्ष थापा वडाको काम सकिएपछि साँझको समय तरकारी बारीमै व्यस्त हुन्छन् ।
उनले उदाहरण दिएर युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनितिसँगै यो पेशा अङ्गालेको बताए । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । भविष्यको योजना सुनाउँदै उनले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोँच रहेको बताए । पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको उनको भनाइ छ ।
‘‘पछिल्लो समयमा राजनीतिकर्मिहरुलाई आर्थिक समस्या देखिने भएकाले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म सञ्चालनमा ल्याएको हुँ ।,’’ वडाध्यक्ष थापाले भने, ‘‘आफुले कृषि व्यवसाय सुरु गरेको कृषिबाट गरे देखि नै भने जस्तै आम्दानी भएको छ ।’’
तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्ने समेत गरेको उनले बताए । गाउँकै सहकारी बाट ६ लाखभन्दा बढी ऋण लगेर र आफ्नो डेढ लाख लगानी गरी कृषि पेसा अङ्गालेका वडा अध्यक्ष थापाले आफ्नै ५० रोपनी जग्गामा तरकारी खेती गरेका छन् ।
बाह्रै महिना तरकारी खेती गर्दै आएका उनको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, मुला, धनियाँ र टमाटर लटरम्म फलेको छ ।
३३ वर्ष शिक्षण पेसामा सेवा गरेका वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनदेखि नारायण नगरपालिका–२ को वडाध्यक्षमा लगातार विजयी भएका छन् । यस फर्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार