Listen LIVE

पातको उचित मूल्य दिन घसियारन महिलाको माग

नेपालगञ्ज : नेपालगञ्जका घसियारन महिलाले सालको पात संकलनमा सहज व्यवस्था, उत्पादनको उचित मूल्य र बजार मागेका छन्। पात संकलन गर्न सामुदायिक वनमा जाँदा समस्या हुने र दिनभर मेहनत गर्दा पनि तीन–चार सय रुपैयाँ मात्र आम्दानी हुने उनीहरूको गुनासो छ।

घाँस बेच्ने पुख्र्यौली पेशा हराएपछि उनीहरू सालको पातमा निर्भर भएका हुन्। तर पात संकलनदेखि बिक्रीसम्म उनीहरूले समस्या भोग्दै आएका छन्।

नेपालगञ्ज–८, महेन्द्र पार्कनजिकैको घसियारन टोलकी ६० वर्षीया चमारन केवट बिहानै सालको पात बोकेर त्रिभुवन चोक पुग्छिन्। उनी पातका मुठा बेच्छिन्। ग्राहकले मागे दुनाटपरी र टपरी पनि बनाउँछिन्। 'पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ,' उनले भनिन्, 'अहिले घाँस बिक्री हुन छोड्यो। त्यसैले पात बेचेर गुजारा चलाउँदै आएका छौँ।'

सालको पातबाट दुनाटपरी बनाउने सीप उनले पुर्खाबाट सिकेकी हुन्। उनका छोराहरूले बिहान उनलाई सघाउँछन्। दिउँसो फर्निचरको काम गर्छन्। 'उब्जनी गर्ने जग्गा छैन। पेट पाल्न मजदुरी गर्नैपर्छ,' उनले भनिन्।

प्रतिक्रिया