नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका–३, नौबस्तामा रहेको सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालयको जग्गा व्यवस्थापनको विषय पछिल्लो समय गम्भीर चासोको विषय बनेको छ।
स्थापना कालदेखि तालिम शिक्षालयले प्रयोग तथा भोगचलन गर्दै आएको ठूलो भूभागमा औद्योगिक क्षेत्र विस्तार तथा पुनःनक्सांकनको प्रक्रिया अघि बढेपछि देशको सुरक्षा जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण तालिम केन्द्रको भविष्य, जग्गाको वास्तविक अवस्था र आगामी पूर्वाधार विकासबारे प्रश्न उठेको हो।
सशस्त्र प्रहरी बल, नेपालकै आधिकारिक विवरणअनुसार सशस्त्र प्रहरी बल, नेपाल जवान तालिम शिक्षालय, नौबस्ता, बाँकेको स्थापना २०५८ वैशाख ५ गते भएको हो। शिक्षालयको क्षेत्रफल ३०० बिघा अर्थात् २० लाख ३१ हजार ६ सय वर्गमिटर रहेको आधिकारिक विवरणमा उल्लेख छ।
तर, यही क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण तथा जग्गा पुनःव्यवस्थापनको प्रक्रिया अघि बढेपछि स्थापना कालदेखि सुरक्षा तालिमका लागि प्रयोग हुँदै आएको जग्गाको वर्तमान अवस्था के हो भन्ने विषयमा स्पष्टता आवश्यक देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार