Listen LIVE

नौ महिनामा साढे १३ हजार पर्यटकले गरे राराको अवलोकन

हुम्ला : पर्यटकीय क्षेत्र रारा तालमा पछिल्लो नौ महिनामा साढे १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्नुभएको छ । रारा घुम्ने सिजन सुरु भएसँगै पहिल्ला दिनमा आन्तरिक पर्यटकहरुको चाप बढेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार पछिल्लो नौ महिनामा १३ हजार ५४५ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा अवलोकन गरेका छन् । यी पर्यटकहरु हवाई र सडक मार्गबाट रारा जाने गरेका छन् । 

समुद्री सतहदेखि  दुई हजार नौसय मिटर उचाइमा रहेको रारा तालमा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्नेगरेको छ । रारा ताल डुङ्गा ब्यवसायी संघका अध्यक्ष विष्णुबहादुर रावलका अनुसार एक दिनमा डेढ सयसम्म आन्तरिक पर्यटकहरु अवलोकनका लागि ताल आउने गरेका छन् । उनले बाह्यभन्दा आन्तरिक पर्यटकहरुको बढी रोजाई रारा भएको बताए ।

अझ सरकारले दुई दिन सार्वजनिक बिदा दिन थालेपछि झन पर्यटकहरुको चाप बढेको छ । काठमाडौं, पोखरा, चितवन, नेपालगंज, सुर्खेतबाट पनि पर्यटकहरु बस रिजर्भ गरेर आउने गर्नुहुन्छ । यसले रारा क्षेत्रमा स्थापना गरिएका होटलहरु पनि भरिभराउन हुने गरेको छ । 

रारा प्रवेश मार्गबाट ८० वटा घोडाको ब्यवस्था गरिएको छ । जसलेगर्दा सो स्थानबाट रारा तालसम्म पर्यटकहरुलाई पुग्न सहज हुनेगरेको अधयक्ष रावलले बताए ।

प्रतिक्रिया