नेपालगञ्ज : नेपालगञ्जमा जारी राम लीला मञ्चनको विशेष आकर्षण रावण बध बुधबार दिउँसो गरिने भएको छ । बडा दशैकै दिन राम लीला मैदानमा दिउँसो १ बजे ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिदैछ । आकर्षक रूपमा तयार गरिसकिएको भिमकाय रावण बधले दर्शकलाइ विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ । श्री राम लीला संचालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले रावण बध अवलोकनका लागि सबैमा अपील गरेका छन् ।
नेपालगञ्जको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औं शृंखला असोज २५ गतेदेखि जारी छ । हरेक दिन साँझ ८ बजेदेखि जारी राम लीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथाहरू नाटकीय रूपमा प्रस्तुत भइरहेका छन् ।
रामलीला मञ्चनको अन्तिम दिन बिहीबार साँझ ८ बजे भरत मिलाप तथा श्री रामको शुभ राज्याभिषेक कार्यक्रम सम्पन्न हुने श्री राम लीला सञ्चालक समितिले जनाएको छ । यी दुवै कार्यक्रमले रामलीलाका भक्त र स्थानीय समुदायलाई गहिरो आध्यात्मिक आनन्द प्रदान गर्ने बिश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार