नेपालगञ्ज : बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा शालिक तथा बाटिका निर्माण गरिने भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाले पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको सम्मानमा शालिक तथा बाटिका निर्माण गर्ने भएको हो ।
चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमार्फत शालिक तथा बाटिका निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पुर्वाधार विकास अन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
'हाम्रै बाँके निवासी संविधान पिता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको योगदान अविष्मरणीय छ, उहाँको सम्मानमा गाउँपालिकाले सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको परिसरमा बाटिका र शालिक निर्माणका लागि सशर्त अनुदानमा बजेट विनियोजन गरेको हो,' अध्यक्ष शाहीले भने, 'चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन हुनेछ ।' सादगी नेता समेत रहेका पुर्बप्रधानमन्त्री स्वर्गिय कोइरालाले राष्ट्रका लागि पुर्याएको योगदान स्वरुप गाउँपालिकाले बजेट विनियोजन गरेको उनले प्रष्ट्याए ।
खजुरामा क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै पश्चिम क्षेत्रका नागरिकले आफ्नै ठाउँमा उपचार गराउन पाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले पनि नेपालगञ्ज–१० ट्राफिक चोक नजिक रहेको सुशिल बाटिका परिसरमा स्वर्गिय कोइरालाको सम्मानमा अर्धकदको शालिक निर्माण गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार