बैतडी : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग पिपिएल–४ को सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको छ।
समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब,समूह बी बाट आयोजक पाटन क्रिकेट क्लब,समूह सी बाट टिम कोइनोडा गुरूखोला लायन्स सुपर सिक्समा पुगेको हो।
यसका साथै समूह डी बाट कुलगडे क्रिकेट क्लब,समूह ई बाट निङलाशैनी क्रिकेट क्लब र समूह एफ बाट पञ्चेश्वर गाउँपालिका सुपर सिक्समा सुरक्षित भएको छ।
सुपर सिक्सका खेलहरू भोलि शनिबारदेखि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा हुनेछन्।
शनिबार हुने सुपर सिक्सको पहिलो खेलमा पाटन भ्याली र गुरूखोला भिड्दा दोस्रो खेलमा पाटन क्रिकेट क्लब र कुलगडे प्रतिस्पर्धा गर्नेछ।
आइतबारको पहिलो खेलमा पाटन क्रिकेट क्लब र पञ्चेश्वर खेल्दा दोस्रोमा पाटन भ्याली र निङलाशैनीबीच भिडन्त हुनेछ। सोमबार हुने सुपर सिक्सको पहिलो खेलमा गुरूखोला र निङलाशैनी खेल्दा दोस्रोमा कुलगडे र पञ्चेश्वर आमने सामने हुनेछन् ।
सुपर सिक्सका खेलबाट सेमिफाइनल पुग्ने ४ टोलीको टुंगो लाग्नेछ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय बिडिपिआइ र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार