Listen LIVE

दैलेखमा ६७ प्रतिशत रोपाइँ

दैलेख : दैलेखमा बर्खे धान ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

यो वर्ष मनसुन छिट्टै भित्रिएको पानीको सुविधा भएकाले जिल्लामा यसवर्ष रोपाइँ चाडै सुरु भएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले बताए । जिल्लामा करिब सात हजार नौसय २५ हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाइँ हुने गरेको उनले बताए ।

विगतका वर्षहरुमा असार २८ सम्म ६१ प्रतिशत रोपाइँ हुने गरेको भए पनि यो वर्ष जेठ महिनादेखि नै पानी परेका कारण किसानहरुले समयमै धान रोपाइँ सुरु गरेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । 

विगतका वर्षमाभन्दा यो वर्ष ६ प्रतिशत बढी रोपाइँ सकिएको कार्यालयका पदाधिकारीहरुको भनाइ छ । जिल्लाको ११ पालिकामध्ये सबैभन्दा बढी नौमूले गाउँपालिकामा धान रोपाइँ भएको छ ।

यस्तै, नारायण नगरपालिका –११ का किसान बिक्रम बिष्टले समयमै पानी परेकाले आकाशे पानीबाट धान रोपाइँ गर्न सहज भएको बताए । उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको बताए ।

प्रतिक्रिया