Listen LIVE

जाजरकोट प्रहरीद्वारा अफिम खेती नष्ट

जाजरकोट : जाजरकोट प्रहरीले पहाडी भेगमा अफिम खेती गरेको पत्ता लगाएर नष्ट गरेको छ । जाजरकोटको नलगाड नगरपालिका–१ खौला गाउँमा अवैध रूपमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको हो । 

इलाका प्रहरी कार्यालय दल्ली, जाजरकोटबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमान्डमा खटिएको २० जनाको प्रहरी टोलीले घटनास्थलमा पुगेर करिब ६५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । 

‘प्रहरी टोलीले कसैको पनि नाममा नभएको जग्गामा लगाएको अफिम नष्ट गरेको हो’ निरीक्षक डाँगीले भने, ‘अन्यत्र पनि खेती भए नभएका बारेमा पनि खोजी भइरहेको छ ।’ उनका अनुसार प्रहरीले अवैध लागु औषधजन्य बालीविरुद्धको अभियान अन्तर्गत अफिम खेती नष्ट गरेको हो ।

प्रतिक्रिया