हुम्ला : परिश्रम गरेपछि कमाउन टाढा जान पर्दैन भन्ने भनाइ चरितार्थ सिमकोट गाउँपालिका–५ को कालाशिल्ता आधारभूत विद्यालयका शिक्षक शक्तिसिंह रावतले देखाएका छन् । बिहान र बेलुकाको समयमा उनले दैनिक तरकारी खेतीमा समय दिएर अतिरिक्त आम्दानी गर्दै आएका छन् ।
शिक्षक रावतले मौसमी र बेमौसमी तरकारी फलाएर मनग्गे आम्दानी गरेको बताए । विद्यालय समयपछि तरकारी खेतीमा उनले दैनिक छ देखि सात घण्टा काम गर्ने गरेको जानकारी दिए । तरकारी बेचेर मात्र एक हप्तायता ६० हजारभन्दा बढी कमाइ हुने गरेको उनको भनाइ छ । तरकारीमा काउली, बन्दा, गोलभेँडा, धनियाँ, मुला, गाँजर, सिमी, प्याज, लसुन उत्पादन हुने गरेका छन् ।
घरमा एक जना मात्र जागिर भएका रावतलाई यो पेसाले घरव्यवहार धान्न मात्र नभएर छोराछोरीलाई अध्ययन गराउनसमेत पुगेको बताए । हाल रावतले तीन रोपनी जग्गामा तरकारी खेती र स्याउ खेती पनि गरेको बताए । उत्पादन भएको तरकारी बिव्रmीका लागि रावतलाई समस्या छैन । कम्पोस्ट मल प्रयोग गरिने तरकारी स्थानीय होटेललगायतका ग्राहकबाट बारीबाटै बेच्ने गरेको पनि उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार