मुगु : कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजीकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् । मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्ने भनी अनुदानमा पाएका कृषि फार्म एक वर्षपछि अलपत्र परेका हुन् ।
जिल्लाको खत्याड गाउँ पालिका, मुगुमकार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा आर्थिक वर्ष २०६६।०७७ देखि आर्थिक वर्ष ८०।०८१ सालसम्मका अनुदान पाएका तरकारी खेती फार्म, नर्सरी, बिउबैङ्क, तरकारी सङ्कलन केन्द्र र सेलार स्टोरका दर्जनौं फार्महरु अहिले अलपत्र अवस्थामा भएको कृषि विकास कार्यालय मुगुले जानकारी गराएको छ ।
कृषि विकास कार्यालय मुगुका अधिकृत गणेश अधिकारीका अनुसार जिल्लामा अनुदानमा आएका कृषि फार्महरु बाढीपहिरो र किसानले उत्पादनमा निरन्तरता नदिँदा जिल्लाका दर्जनौं कृषि फार्महरु अहिले अलपत्र अवस्थामा परेका हुन् । छायाँनाथ रारा नगरपालिका १० का किसान रतनलाल सेजुवालका अनुसार अनुदानमा आएका तरकारी फार्म अहिले झारपात र सिस्नोले भरिएको छ ।
सेलार स्टोरका भवन बाहेक केही छैन । राज्यले नक्कली किसानलाई अनुदान दिँदा यस्तो अवस्था सृजना भएको हो । पहुँचको भरमा ल्याएका अनुदानको दुरुपयोग गर्ने फार्मलाई राज्यले असुलउपर गर्नुपर्ने उनको सुझाव छ ।
जिल्लामा करोडौं रुपियाँको अनुदान पाएका जिल्लाका फर्महरुले उत्पादनभन्दा अनुदानमुखी कार्यक्रमहरुले जिल्लाको बेरोजगारी कम गराउनुको सट्टा राज्यले करोडौं लगानी गरेका फर्महरु अहिले खण्डहरमा परिणत हुँदै आएको कृषकहरुको गुनासो छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार