गुल्मी : गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका–१ भटकुवाकी मन्जु ज्ञवाली घाइते भएका छन् । उहाँ रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किएका छन् । सोही स्थानकै मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भटकुवा आधारभुत विद्यालयमा पनि चट्याङ परेको छ । धुर्कोट गाउँपालिका–५ देउरालीकी कमला भुसालको घरमा चट्याङ पर्दा गारो चर्किएर घर नै जोखिममा परेको छ ।
हावाहुरीले रुरु गाउँपालिका–५ काउले तागबासका थानिश्वर भण्डारीको गोठको छानो उडाउँदा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । त्यस्तै सोही गाउँकै जनज्योती आधारभुत बिद्यालयको छानो उडाएको प्रहरी जनाएको छ ।
त्यस्तै असिना र हुरीले गुल्मीमा किसानको सुन्तला जातमा फलफुल, आरु, आँप, तरकारी खेतीमा ठूलो क्षति गरेको छ । अत्यधिक हुरीसहितको असिनाले किसानको टनेल च्यात्ने, उडाउने, ढलाउने लगायतको क्षति गरेको सत्यवति गाउँपालिका–३ का वडाध्यक्ष जित बहादुर तरामुले जानकारी दिए । कृषि ज्ञान केन्द्रले बर्षाले मकै रोप्ने किसानलाई राहत गरेपनि असिनाले क्षति पुराएको बताउँदै विवरण संकलनको काम भइरहेको बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार