नेपालगञ्ज : बाँकेको कोहलपुरमा मात्रै तिहारलाई लक्षित गरेर करिब ३० क्विन्टल सयपत्री फूल उत्पादन हुँदैछ। कोहलपुर १३ का जयबहादुर बस्नेतले २० क्विन्टल र कोहलपुर तीनका विष्णुकुमारी चौधरीले १० क्विन्टल गरेर ३० क्विन्टल फूल उत्पादन हुँदैछ।
तिहारको समयमा वर्षेनी फूलको माग बढ्दै जानु र गुणस्तरहीन भारतीय फूल प्रयोग गर्नुपर्ने स्थानीयको बाध्यतालाई ध्यानमा राखेर अर्गानिक फूल उत्पादनमा युवा सक्रिय भएका हुन्।
कोहलपुर १३ नयाँ बस्तीका युवा जयबहादुर बस्नेतले फूलको माग पुरा गर्न १४ कठ्ठामा सयपत्री फूलखेती गरेका छन्। ६ वर्षदेखि फूलखेती गर्दै आएका बस्नेतले विस्तारै उत्पादन बढाउँदै यस वर्ष करिब २० क्विन्टल फूल उत्पादन गरेका छन्।
कोहलपुर ३ बनकटुवाकी विष्णुकुमारी चौधरीले १० कठ्ठा जग्गामा फूलखेती गरेकी छन्। उनले यस पटक १० क्विन्टलभन्दा बढी फूल उत्पादन हुने जानकारी दिइन्।
सात वर्षदेखि फूलखेतीमा लागेकी चौधरीले आफूहरुले भारतीय फूललाई धेरैहदसम्म विस्थापित गर्दै गएको समेत सुनाइन्।
यस्तै खजुरा गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयले पनि यस पटक फूलखेती सुरु गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार