Listen LIVE

लुम्बिनी स्पोट्र्स अवार्डलाई केल्मीको प्रायोजन

नेपालगञ्ज : नेपालगञ्जमा हुन लागेको लुम्बिनी स्पोट्र्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोट्र्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । 

आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोट्र्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो ।

आयोजक लुम्बिनी स्पोट्र्स अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगञ्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गरिन् । 

खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोट्र्स अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताइन् ।

उनले भनिन, ‘‘नेपालगञ्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु ।’ 

खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित नेपालगञ्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुन लागेको छ । रङ्गशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने छ । 

रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । 

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको ब्रान्ड केल्मीसँग सहकार्य गर्ने अवसरले अवार्डलाई थप प्रभावकारी बनाउने लुम्बिनी स्पोट्र्स अवार्डको संयोजक शाहले बताइन् । 

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन् । 

उनले भनिन, ‘‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरू हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरूको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौँ ।’’ 

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताइन् ।

प्रतिक्रिया