नेपालगञ्ज : व्यवसायिक कृषक सञ्जाल नेपालले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली किसान र उनीहरुको उत्पादनलाई प्रोत्सहन गर्नका लागि भन्दै सञ्जालले विभिन्न १३ वटा बुँदामा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएको हो ।
व्यवसायिक कृषक सञ्जाल नेपाल, कोहलपुर बाँकेका अध्यक्ष शेषकान्त शर्मा, कृषी उपज थोक बजार व्यवस्थापन समिति कोहलपुर, बाँकेका अध्यक्ष उदीराम ओली तथा दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपक भण्डारीको संयुक्तरुपमा हस्ताक्षर गरि बुधबार उक्त ध्यानाकर्षण पत्र प्रदान गरेका हुन् ।
अवैधरुपमा भारतीय नाकाबाट आयता गरिने माछा, मासु, दुध, अण्डा, तरकारी जस्ता कृषिजन्य उत्पादनलाई तुरुन्त बन्द गरि नेपाली उत्पादनलाई प्रोत्साहन गरिनुपर्ने उनीहरुले बताएका छन् ।
यसरी आयातित खाद्यान्न, तरकारीमा रसायन र विषादीको मात्रा निकै उच्च रहेको बताउँदै सीमानाकामा निगरानी र कडाई गर्न उनीहरुले माग गरेका छन् । भारतबाट आयातीति हुने सामाग्रीले स्वदेशी किसान र उनीहरुको उत्पादनमा गम्भीर असर पुगेको उनीहरुको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार